Shikhar Insurance
National Life

नेप्सेमा ३ कम्पनीको सेयर मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८१ आश्विन १०, बिहीबार १७:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेमा साहस उर्जा लिमिटेड, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र एनएमबि ५० को सेयर मूल्य समायोजन भएको हो ।

नेप्सेमा साहस उर्जाको समायोजन अघिको मूल्य ५ सय १७ रुपैयाँ ५० पैसाको आधारमा ८ प्रतिशत सेयर मूल्य समायोजन भएको हो । कम्पनीको समायोजन पछिको मूल्य ४ सय ७९ रुपैयाँ १७ पैसा मूल्य समायोजन भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको समायोजन अघिको मूल्य ५ सय ५९ रुपैयाँ ५० पैसाको आधारमा १८.३८११ प्रतिशत सेयर समायोजन भएको हो । साथै , समायोजन पछि कम्पनीको सेयर मूल्य ४ सय ७२ रुपैयाँ ६३ पैसा रहेको छ ।

साथै, एनएमबि ५० को समायोजन अघिको मूल्य ११ रुपैयाँ ९६ पैसाको आधारमा १५ प्रतिशत सेयर समायोजन भएको हो । कम्पनीको समायोजन पछिको मूल्य १० रुपैयाँ ४६ पैसा रहेको छ ।

कम्पनीको सेयर दोस्रो बजारमा आइतबार अर्थात असोज २० गते कारोबारमा आउनेछ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्