Shikhar Insurance
National Life

साताको पुँजीबजार: ९० अंकले घट्यो बजार, अबको यात्रा कता ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन १०, बिहीबार १७:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । यो हप्ता पाँचै दिन सेयर कारोबार भएको छ ।  साताको पाँचै दिन बजार खुल्ला भएपनि लगानीकर्ताहरूकाे लागी याे साता सुखद रहेन ।  साताकाे दुई दिन आइतबार र बुधबार बजार बढेपनि समग्रमा भने  याे साता बजार ९० अंकले घटेको छ । आइतबारदेखि बिहीबार सम्म ६ करोड ७७ लाख १७ हजार १ सय ४८ कित्ता सेयर किनबेच हुँदा २६ अर्ब ९ करोड ७४ लाख ४३ हजार ४ सय ५५.५१ रुपैयाँको कारोबार भएको थियो ।

साताको पहिलो कारोबार दिन अर्थात असोज ६ गते सेयर बजार दोहोरो अंकले बढेको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.५८ अंकले बढेर २५८८.३५ बिन्दुमा पुगेर बन्द भएको थियो । आइतबार ३२५ कम्पनीको १ करोड २४ लाख ८५ हजार ३७१ कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६ सय ९० रुपैयाँ कारोबार भएको थियो । आइतबार १३८ कम्पनीको सेयर मूल्य बढ्दा ९४ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो दिन ३ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको थियो भने एक कम्पनीको सेयर मूल्य ८.६५ प्रतिशतले घटेको थियो ।

साताको दोस्रो कारोबार दिन अर्थात असोज ७ सेयर बजार दोहोरो अंकले घटेको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ मा पुगेर बन्द भएको थियो । सोमबार ३२९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ६६ करोड ३ लाख २ हजार ६ सय ८३ रुपैयाँ कारोबार भएको थियो । सोमबार १४ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको सेयर मूल्य घटेको थियो भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।

सो दिन हिमालयन हाइड्रोपावरको सेयर ९.८४ प्रतिशतले बढेको थियो भने ४ कम्पनीको सेयरमा भने नकरात्मक सर्किट लागेको थियो ।

साताको तेस्रो कारोबार दिन अर्थात असोज ८ गते सेयर बजार दोहोरो अंकले घटेको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५८.९३ अंकले घटेर २४७०.३९ बिन्दुमा पुगेर बजार बन्द भएको थियो । मंगलबार ३०९ कम्पनीको १ करोड ५५ लाख ४ हजार ९ सय २९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३ सय ५६ रुपैयाँ संकलन भएको थियो । मंगलबार १० कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।

सो दिन हिमालयन हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको थियो ।

साताको चौथो कारोबार दिन अर्थात असोज ९ गते सेयर बजार दोहोरो अंकले बढेको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४९.१८ अंकले बढेर २५१९.५७ को बिन्दुमा पुगेर बन्द भएको थियो । बुधबार ३२७ कम्पनीको १ करोड २४ लाख ९८ हजार ९ सय ८९ कित्ता सेयर किनकेच हुँदा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार ४ रुपैयाँको कारोबार भएको थियो । बुधबार २२३ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको सेयर मूल्य घटेको थियो भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।

सो दिन ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको भने हिमालयन हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै घटेको थियो ।

साताको अन्तिम कारोबार दिन अर्थात असोज १० गते सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२.८१ अंकले घटेर २४८६.६७ को बिन्दुमा पुगेको छ । बिहीबार ३२२ कम्पनीको १ करोड ३६ लाख ९१ हजार ५ सय ९६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड १४ लाख ७ हजार ७२० रुपैयाँको कारोबार भएको छ । बिहीबार ३९ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

सो दिन विन लेपाल लघुवित्तको सेयर मूल्य ९.८५ प्रतिशतले बढेको छ भने ग्रिन भेञ्चर लिमिटेडको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्