Shikhar Insurance
National Life

३२.८१ अंकले घट्यो सेयर बजार , कारोबार रकम ४ अर्ब ८४ करोड

सिंहदरबार संवाददाता
२०८१ आश्विन १०, बिहीबार १५:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२.८१ अंकले घटेर २४८६.६७ को बिन्दुमा पुगेको छ ।

बिहीबार ३२२ कम्पनीको १ करोड ३६ लाख ९१ हजार ५ सय ९६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड १४ लाख ७ हजार ७२० रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबार अपि पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४७ करोड ९९ लाख ६७ हजार २२४ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता २ सय ८४.१० रुपैयाँ रहेको छ ।

बिहीबार ३९ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

बिहीबार विन लेपाल लघुवित्तको सेयर मूल्य ९.८५ प्रतिशतले बढेको छ भने ग्रिन भेञ्चर लिमिटेडको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्