काठमाडौं । चालु आवको पहिलो महिनामा १ खर्ब ३६ अर्ब बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिीतिको तथ्याकमा यस्तो देखिएको हो ।
यस समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १८.० प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६ हजार ९ सय २८ र पुनस् श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६ सय ४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशस् ३९ हजार १ सय ५२ र १६ हजार ४ सय २३ रहेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १ खर्ब ४८ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब २८ अर्ब २१ करोड रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्