Shikhar Insurance
National Life

रेल्वे सेवा विकासका लागि सरकार व्यवस्थित रुपमा अघि बढेको छ : मन्त्री दाहाल

सिंहदरबार संवाददाता
२०८१ आश्विन १०, बिहीबार १३:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रेल्वे सेवा विकासका लागि सरकार व्यवस्थित रुपमा अघि बढेको बताएका छन् । बिहीबार जनकपुर—जयनगर रेल्वे सेवाको निरीक्षणका क्रममा उनले सो कुरा बताएका हुन् ।

उनले रेल्वे सेवालाई व्यवस्थित गर्नका लागि रेल्वे स्टेशनहरुको स्थलगत निरीक्षणका लागि आएको जानकारी दिए । बर्दिवाससम्मको सञ्जाललाई तुरुन्तै निर्माण गर्ने र बर्दिवासदेखि निजगढसम्मको रेल्वे सञ्जाललाई बिस्तार गरी फास्टट्रयाकसँग काठमाडौंलाई जोड्ने गरी तयारी गरिरहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सरकारले रेल्वे वासिङ सेन्टरको निर्माण गरिरहेको भन्दै वासिङ सेन्टरको निर्माणसँगै रेल्वे सञ्चालन घाटामा कमी आउने विश्वास व्यक्त गरे । उनले भारतसँग केही सम्झौता गरेर मालवाहक रेल छिटै सञ्चालनमा ल्याउने जानकारी दिए ।

भारतसँग रेल्वे सञ्जाल जोड्ने कुराले व्यापारलाई पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपालको ट्रेन पनि अयोध्यासम्म जाने र भारतको ट्रेन पनि जनकपुरसम्म ल्याउन दिने सोच नेपालको रहेको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्