Shikhar Insurance
National Life

मध्य भोटेकोशी जलविद्युतको लक इन अवधि कात्तिक ११ गते सकिदैँ

सिंहदरबार संवाददाता
२०८१ आश्विन १०, बिहीबार १०:३९
Hyundai
NCELL
NIMB

काठमाडौं। मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर लकइन अवधि सकिदैछ । कम्पनीको लक इन अविधि अवधि कात्तिक ११ गते सकिन लागेको हो ।

कम्पनीले विभिन्न समूहका सेयरधनीहरू संस्थापक सेयरधनी, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीहरू, संस्थापक सेयरधनी संस्थाका कर्मचारी, ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारी, आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय बासिन्दा र कम्पनीका कर्मचारीहरू समावेश रहेको एक सूचनामार्फत कम्पनीले जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार, कूल ५ करोड १३ लाख ६० हजार कित्ता सेयरको लक इन अवधि समाप्त हुँदैछ। यसमा संस्थापक सेयरधनीका ३ करोड ६ लाख कित्ता, कर्मचारी सञ्चय कोषमा रहेका सञ्चयकर्ता कर्मचारीहरूका १ करोड १७ लाख कित्ता, संस्थापक संस्थाका कर्मचारीहरूको २१ लाख कित्ता, ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीहरूको ६ लाख कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका ६० लाख कित्ता र कम्पनीका कर्मचारीहरूको ३ लाख ६० हजार कित्ता सेयर समावेश छ।

साथै, यो अवधिको समाप्तिसँगै ती सेयरधनीहरूले आफ्नो सेयर बिक्री गर्न वा अन्य तरिकाले कारोबार गर्न पाउँने कम्पनीले जानकारी दिएकाे छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्