काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीको संस्थापक सेयरधनी हिम लाल काप्रीले आफ्नो नाममा रहेको ७९ हजार ३९२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सेयर खरिद गर्ने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको ३५ दिनभित्र काम्पनीको कानून विभागमा आवेदन पेश गर्न सक्नेछन् ।
साथै, तोकिएको समय अवधिमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्