Shikhar Insurance
National Life

जीवन विकास लघुत्तिलाई १९ करोडको आईपीओ निष्काशन गर्ने अनुमति, कहिले आउला, कति पर्ला ?

सिंहदरबार संवाददाता
२०७८ असार १, मंगलवार ०७:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जीवन विकास लघुवित्त वित्तिय संस्थालाई आईपीओ जारी गर्ने अनुमति दिएको छ । बोर्डले जेठ ३० गते जीवन विकास लघुवित्तलाई १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्त आईपीओ निष्काशन गर्ने अनुमति दिएको हो । कम्पनीले फागुन १७ गते आईपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त भैसकेको थियो । यो आईपीओलाई इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । ४१ करोड ६ लाख ७० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले पुँजीको ३२.५० प्रतिशत आईपिओ निष्काशन गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आईपिओ निष्काशनपछि संस्थाको चुक्ता पुँजी ६० करोड ३७ लाख ४० हजार रुपैयाँ पुग्ने छ । संस्थाको जगेडा कोषमा १ अर्ब १८ करोड ३९ लाख रुपैयाँ रहेको छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्