Shikhar Insurance
National Life

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रकृया अघि बढ्यो, १८ गते अन्तर्वार्ताका लागि तीन जनालाई बोलायो

सिंहदरबार संवाददाता
२०८१ आश्विन १०, बिहीबार ०८:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रकृया अघि बढाएको छ । मन्त्रालयले अर्थ मन्त्री विष्णुप्रसाद पौडेल नभएको मौका छोपी अध्यक्ष नियुक्ति प्रकृया अघि बढाएको हो ।

मन्त्रालयले एक सूचना जारी गर्दै अन्तर्वार्तामा सहभागी नभएका तीन जनको नाम नै तोकेर बोलाएको छ । सूचनामा भनिएको छ, ‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि आवेदन दिने आवेदकहरू मध्ये संक्षिप्त सूचीमा समावेश भएका देहाय बमोजिमका आवेदकहरूलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तरवार्ताको लागि देहायको मिति, स्थान र समयमा उपस्थित हुन नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिको मिति २०८१/०६/०९ को निर्णयानुसार यो सूचना प्रकाशन गरिएको छ ।’
आवेदकको नाम
१ श्री कृष्ण बहादुर कार्की
२ श्री चिरञ्जिवी चापागाईं
३ डा. नवराज अधिकारी

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्