Shikhar Insurance
National Life

‘स्काईवर्थ सपना सा कार’ अफरको पहिलो साप्ताहिक विजेता घोषित

सिंहदरबार संवाददाता
२०८१ आश्विन ९, बुधबार १७:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रालिले ‘स्काइवर्थ सपना सा कार’ को पहिलो साप्ताहिक भाग्यशाली विजेता घोषणा गरेको छ ।

कम्पनीले लक्की ड्र मार्फत विजेता सन्देश अधिकारीलाई माइक्रोवेभ उपहार प्रदान गरेको हो । साथै, कम्पनीले स्काइवर्थ सपना सा कार अन्तर्गत बम्पर पुरस्कारमा एकजना भाग्यशाली ग्राहकले एमजी कमेट ईभी कार जित्न सक्ने जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीका अनुसार ग्राहकहरूले स्काईवर्थका बिभिन्न उत्पादनहरूमा ४० प्रतिशतसम्मको छुटको मजा लिन सक्नेछन् । स्काईवर्थ नेपालले नेपाली बजारमा टेलिभिजन, फ्रिज, वाशिंग मेसिन, एयर कन्डिसनर जस्ता उच्च गुणस्तरीय, अत्याधुनिक प्रविधिसहितका होम एप्लायन्सेसहरू उपलब्ध गराउँछ ।

उच्च गुणस्तर र अत्याधुनिक प्रविधिका लागि परिचित स्काईवर्थ उत्पादनहरूले नेपालभरका उपभोक्ताहरूका विश्वास जित्न सफल भएका छन् । यो योजना कार्तिक ३० गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्