Shikhar Insurance
National Life

६० करोडको आईपीओ जारी गर्ने आईएमई लाइफको निर्णय, कहिले आउला ?

सिंहदरबार संवाददाता
२०७८ असार १, मंगलवार ०७:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने निर्णय गरेको छ । भर्चुअल माध्यमबाट सम्पन्न कम्पनीको तेश्रो साधारण सभाले ६० करोड रुपैयाँ मूल्यको ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने निर्णय गरेको हो । त्यस्तो सेयरको मूल्य प्रति सेयर एक सय रुपैयाँ नै हुनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुग्नेछ । अब कम्पनीले आईपीओ गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिनेछ । बोर्डले अनुमति दिएपछि आइएमई लाइफको आईपीओ आउनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको अध्यक्षतामा सम्पन्न भएको सभाले आर्थिक वर्ष २०७५।७६ को सञ्चालक समितिको प्रतिवेदन पारित, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५।७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र त्यस सम्बन्धीत अनुसूची तथा एनएफआरएस प्रणाली लागू गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गरी पारित गरेको छ ।

अध्यक्ष अर्यालले अझै पनि बीमा सम्बन्धी जानकारी, जनचेतना सबै जनतामा पुग्न नसकेको बताउँदै बीमाको पँहुच न्यून भन्दा न्यून आयस्रोत भएका समूहमा पुर्याउन कम्पनी लागि पर्ने बताए । बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धी साक्षरताको अभाव रहेको उनको भनाई थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्