काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्कासनका गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीले असोज ४ गतेबोर्डमा हकप्रद सेयर निष्कासनका लागि अनुमति मागेको थियो । कम्पनीले चुक्तापूँजीको १५ प्रतिशत अर्थात १:०:१५ को अनुपातमा हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ।
जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ३१ लाख ५० हजार कित्ता हकप्रद निष्कासन गर्नेछ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा भने लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्