काठमाडौं । रिभर फल्स पावर लिमिटेडले संचालक दिनेश गुरुको राजीनामा स्वीकृत गरेको छ । कम्पनीको असोज ७ गते बसेको संचालक समिति बैठकको निर्णय अनुसार असोज ७ गतेदेखि नै लागु हुने गरि गुरुको राजीनामा स्वीकृत गरेको हो ।
गुरुले असोज ४ गते संचालक समितिको संचालक पदबाट राजीनामा दिएका थिए । साथै, सो रिक्त संचालक पदमा असोेज ७ गतेदेखी आगामी साधारण सभा सम्मको लागि अमर गुरुलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्