Shikhar Insurance
National Life

बजारबाट फेरि ३० अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०८१ आश्विन ९, बुधबार १०:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट फेरी ३० अर्ब रुपैयाँ उठाउँने भएको छ । बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैंकले असोज ९ गते ३० अर्ब रुपैयाँ उठाउँन लागेको हो ।

१४ दिन अवधिका लागि राष्ट्र बैंकले उठाउँन लागेको ३० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले असोज २३ गते फिर्ता पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा नि: शेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ ।

बैंकहरुले त्यसरी राखेको निक्षेपको ब्याजदर भने बोल कबोलका माध्यमबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । अर्थात् सबै भन्दा थोरै ब्याजदर कबोल गर्ने बैंक तथा वित्तिय संस्थाको निक्षेप राष्ट्र बैंकले स्वीकार गर्नेछ ।

चालु आर्थिक वर्ष बजारमा तरलता बढी भएपछि राष्ट्र बैंकले धमाधम पैसा तानिरहेको छ । आर्थिक गतिविधिमा सुधार आउने र कर्जा प्रवाह बढ्ने आकँलन गरिरहेको बेला तरलता प्रवाह बढ्दै गएको हो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्