Shikhar Insurance
National Life

लेबनानमा इजरायलले गर्याे हवाई आक्रमण : मृत्यु हुनेको संख्या ५ सय ५८ पुग्यो

सिंहदरबार संवाददाता
२०८१ आश्विन ९, बुधबार १०:३८
Hyundai
NCELL
NIMB

एजेन्सी । इजरायल–प्यालेस्टाइन द्वन्द्व सुरु भएदेखि लेबनानमा  सबैभन्दा ठूलो इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ५५८ पुगेको छ । १ हजार ६४५ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे हाे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लेबनानमा इजरायलको हवाई आक्रमणले इजरायल र हिजबुल्लाहबीचको द्वन्द्वलाई नयाँ उचाइमा पुर्‍याएको छ । इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी र पूर्वी लेबनानमा लगभग १ हजार ११० क्षेत्रहरु लक्षित आक्रमण गरेको छ । आक्रमण गत सोमवारबाट जारी छ ।

आक्रमणको अर्को चरणको तयारी भइरहेको बताइएको छ । आक्रमणको क्षेत्रीय र अन्तर्राष्ट्रिय समुदायबाट निन्दा गरिएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्