Shikhar Insurance
National Life

दुई महिनामा भित्रिए १६ सय ईभी, सरकारले उठायो २ अर्ब बढी राजस्व

सिंहदरबार संवाददाता
२०८१ आश्विन ८, मंगलवार १९:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालमा चारपाङ्ग्रे विद्युतिय सवारी साधन (इभी) को आयात ह्वात्तै बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आव २०८०/८१ को दोस्रो महिनाको तुलनामा चालु आव(२०८१/०८२)को सोही अवधिमा इभीको आयात ७८.३९ प्रतिशतले बढेकाे हाे ।

गत आवको दुई महिनामा ८ सय ९८ वटा इभी नेपाल भित्रिएका थिए भने चालु आवको सोही अवधिमा १ हजार ६ सय २ वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् । याे संख्या गत वर्षकाे भन्दा ७ सय ४ वटाले बढेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चालु आवको भदौ मसान्तसम्म ५० किलोवाटसम्मका ५६० वटा र ५१ देखि १०० किलोवाटसम्मका ९३८ वटा ईभी आयात भएका छन् । त्यसैगरी, १०१ देखि २०० किलोवाटसम्मका ९९ वटा, २०१ देखि ३०० किलोवाट मोटर क्षमता भएका ३ वटा र ३०० किलोवाटभन्दा माथि मोटर क्षमता भएको २ वटा ईभी आयात भएका छन् ।

सो गाडी आयात गर्न नेपाली व्यवसायीहरुले भदौ मसान्तसम्म ३ अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँ खर्च गरेका छन्, जसबाट नेपाल सरकारले २ अर्ब ३१ करोड २२ लाख ४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यो वर्ष नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले ‘नाडा अटो शो २०२४’ लगायतका कारण पनि ईभीको आयात बढेको देखिन्छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्