Shikhar Insurance
National Life

देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छ : डा. लोहनी

सिंहदरबार संवाददाता
२०८१ आश्विन ८, मंगलवार १७:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले देश आर्थिक रुपले संकटमा जाने अवस्थामा रहेको बताएका छन् । मङ्गलवार पार्टीको आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष लोहनीले यस्तो बताएका हुन् ।

उनले देशको अवस्था कर्मचारीलाई तलव दिन पुग्ने समेत नरहेको भन्दै विकासका काम गर्न नसक्ने अवस्था रहेको उल्लेख गरे । उनले ठूला राजनीतिक दलहरुले देशलाई माग्नेको स्थितिमा पुर्‍याएका जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले देशको यस्तो अवस्थामा परिवर्तन वर्तमान शिर्ष राजनीतिक दलका नेताहरुबाट हुन नसक्ने बताए । उनले नेताहरु भ्रष्टाचारमा लिप्त भएर एक अर्कालाई बचाउन लागेका भन्दै उनीहरुबाट देशको अवस्था रुपान्तरण हुन नसक्ने बताए ।

उनले देशको वर्तमान अवस्थालाई परिवर्तन गर्नका लागि व्यवस्थाकै परिवर्तन गर्नुपर्ने बताए उनले त्यसका लागि संविधान नै परिवर्तन गर्नुपर्ने जानकारी दिए ।

पूर्वअध्यक्ष लोहनीले देशको अस्तित्व बचाउनका लागि अभिभावकीय भुमिकामा राजसंस्थालाई राख्नुपर्ने बताए । उनले राजसंस्थालाई सक्रिय रुपमा नभई संविधानभित्रको राजसंस्थाको रुपमा अभिभावकिय रुपमा राख्नु उपयुक्त हुने बताए ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्