Shikhar Insurance
National Life

भदौ महिनामा आयात बढ्दा निर्यात ५.१२ प्रतिशत घट्यो, ७४ अर्ब ३१ करोड राजस्व संकलन

सिंहदरबार संवाददाता
२०८१ आश्विन ८, मंगलवार १७:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ भदाै महिनाकाे तथ्याङ्क अनुसार आयात १.०८ प्रतिशत बढेको छ । चालु आवको २ महिनामा नेपालले २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार रुपैयाँ बराबरको आयात भएको छ । गत आव सोहि अवधिमा भने २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख ९८ हजार रुपैयाँ आयात भएको थियो ।

सोहि अवधिमा निर्यात ५.१२ प्रतिशत घटेर २५ अर्ब ९ करोड ३१ लाख रुपैयाँ कायम भएको छ । गत आवको सोहि अवधिमा २६ अर्ब ४४ करोड ७० लाख ३३ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो अवधिमा वैदेशिक व्यापार घाटा १.७८ प्रतिशत वृद्धि भई २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ पुगेको छ । २ महिनाको आयातबाट सरकारले ७४ अर्ब ३१ करोड ४९ लाख २५ हजार राजस्व संकलन गरेको छ । चालु वर्षको भदाै महिना सबैभन्दा धेरै आयात हुने वस्तुहरुमा पेट्रोल, डिजेल, ग्याँस रहेको छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्