Shikhar Insurance
National Life

५८.९३ अंकले घट्यो सेयर बजार, कारोबार रकम ५ अर्ब ६८ करोड

सिंहदरबार संवाददाता
२०८१ आश्विन ८, मंगलवार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५८.९३ अंकले घटेर २४७०.३९ बिन्दुमा पुगेर बजनार बन्द भएको छ ।

मंगलबार ३०९ कम्पनीको १ करोड ५५ लाख ४ हजार ९ सय २९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३ सय ५६ रुपैयाँ संकलन भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार एनएलजि इन्स्योसेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १८ करोड ४१ लाख ७६ हजार ७६ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार ३ सय १ रुपैयाँ पुगेको छ ।

मंगलबार १० कम्पनीको सेयर मूलय बढ्दा २३३ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, मंगलबार हिमालयन हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्