Shikhar Insurance
National Life

वायुसेवा निगमलाई नयाँ मन्त्रीको निर्देशनः जहाज उडाएर नाफा कमाई देखाउनुस्

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ३१, सोमबार १८:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अगरियाले आफुसँग भएका सबै बिमानहरु उडाएर नाफा कमाई देखाउन नेपाल बायु सेवा निगमलाई निर्देशन दिएका छन् । सोमबार निगम केन्द्रिय कार्यालयको स्थलगत निरिक्षणमा पुगेका मन्त्री अगरियाले निगमसँग भएका सबै बिमानहरुको पूर्ण क्षमतामा उपयोग गरेर नाफा कमाउन निर्देशन दिएका हुन् ।

मन्त्री अगरियाले निगमलाई विगतको जस्तै शसक्त संस्थानका रुपमा पुनःस्थापित गर्न निर्देशन दिँदै आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । कोरोना महामारीमा निगमले स्वास्थ्य सामग्री ढुवानी लगायतका क्षेत्रमा राम्रो काम गरेको पनि मन्त्री अगरियाले बताएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा मन्त्रालयका सचिव यादव कोइरालाले परम्परागत ढंगले निगमलाई अघि बढाउन नसकिने भएकाले नयाँ ढंगले सोच्न र योजना बनाउन निर्देशन दिए । उनले निगमको पुँजी वृद्धि आवश्यक रहेको र नयाँ व्यवसायीक योजना बनाएर पेश गर्न व्यवस्थापनले तत्कालै अग्रसरता देखाउनुपर्नेमा पनि जोड दिए ।

निगमका महाप्रन्धक डिम प्रकाश पौडेलले निगमलाई अन्तराष्ट्रिय भन्दा पनि क्षेत्रिय विमान कम्पनीका रुपमा अघि बढाउनुपर्नेमा जोड दिए । उनले विश्वको आधा जनसंख्या भारत र चीनमा रहेकाले त्यहाँको बजारलाई केन्द्रमा राखेर योजना बनाउने बताए ।

महाप्रबन्धक पौडेलले भैरहवा र पोखरा विमानस्थलको ग्राउण्ड ह्याण्डलिङमा निगमलाई आगामी पाँच वर्ष कर छुटको सुबिधा दिनुपर्ने माग समेत अघि सारे ।
निगमले आफुसँग भएका एयरबसहरुको उच्चदम उपयोग गरेर आम्दानी गरिरहेका दावी पनि गरेका थिए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्