Shikhar Insurance
National Life

एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाईट टिकेट किन्दा विशेष छुट

सिंहदरबार संवाददाता
२०८१ आश्विन ८, मंगलवार १३:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाईट टिकेट किन्दा विशेष छुट दिने भएको छ ।

बैंकले बुद्ध भिसा डेबिट कार्डहोल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाईट टिकट काट्दा १० प्रतिशत क्यास ब्याक, अधिकतम ५०० सम्म दिने घोषणा गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चाडपर्वको समयमा, बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस भन्ने सहकार्यको लागि सो अफर घोषणा गरेको बैंकले जानकारी दिएको छ ।

यो अफर छठ सम्मको लागि लागू हुनेछ, जसले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्दछ । थप जानकारीका लागि बैंकको कल सेन्टर ०१५९७०१७० वा नजिकैको शाखामा सम्पर्क गर्न आग्रह गरेकाे छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्