Shikhar Insurance
National Life

१ करोडसम्म कारोबार गर्ने करदाताले असोज महिनाभित्रै आयविवरण बुझाउनु पर्ने, म्याद थप नहुने

सिंहदरबार संवाददाता
२०८१ आश्विन ८, मंगलवार १२:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । वार्षिक १ करोड भन्दा कम कारोबार गर्न कम्पनीहरुले असोज मशान्तभित्रै आय विवरण पेश गर्नुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले १ करोडसम्म कारोबार गर्ने कम्पनीको म्याद नगर्ने निर्णय गरेको हो ।

गत आर्थिक वर्ष २०८०/०८१ बाट विभागले पहिले तीन महिना र पछि तीन महिना गरी आर्थिक वर्ष सकिएको ६ महिनासम्म विवरण बुझाउने म्याद दिने गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तर चालु आर्थिक वर्षमा सो व्यवस्था परिमार्जन गरेको हो । अब १ करोडसम्म कारोबार गर्ने कम्पनीले असोज मशान्त, २५ करोडसम्म कारोबार गर्ने कम्पनीलाई मंसिर मशान्त र २५ करोड भन्दा बढी कारोबार गर्ने कम्पनीलाई पुष २० गतेसम्म मात्रै म्याद थप गर्ने निर्णय गरेको हो ।

विभागले एक सूचना जारी गर्दै सबै करदातालाई पुस मशान्तमै विवरण बुझाउने म्याद राख्दा विभागको कम्प्युटर प्रणालीले समेत धान्न नसकेको उल्लेख गरेको छ ।

 

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्