Shikhar Insurance
National Life

कुमारी बैंकको १ लाख कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ आश्विन ८, मंगलवार ११:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ९ हजार ८६५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्ने इच्छुक संस्थापक सेयरधनीहरुल आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं, नक्साल, नागपोखरि वा बैंकको प्रधान कार्यालयमा काठमाडौं, टंगालमा आइपुग्नेगरी आवेदन पेश गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंकले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्