काठमाडौं । लगातार उकालो लागिरहेको सेयर बजारमा सोमबार फेरि नयाँ कीर्तिमान कायम भएको छ । नेप्से परिसूचक ३ हजार बिन्दु पार गरेर बन्द भएको छ, जुन अहिलेसम्म भएको थिएन ।
यसअघि इन्ट्राडे कारोबारमा ३ हजार बिन्दु नाघेको थियो ।
सोमबार नेप्से ४२.७२ अंकले बढेर ३०२५.८३ अंकमा पुगेको छ ।
बजारले आज ३ हजार ५१ अंकसम्मको यात्रा तय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्