Shikhar Insurance
National Life

थानकोट डिपो सार्ने प्रस्ताव निगम बोर्डमा पेश, लाकुरी भञ्यांङ र रानीकोटमा मन्त्री भण्डारी र चण्डिका भट्टको फिल्ड भिजिट

सिंहदरबार संवाददाता
२०८१ आश्विन ८, मंगलवार ०९:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल आयल निगमले त्रिभुवन विमानस्थल निगम डिपो, थानकोट डिपो सार्ने, पेट्रोलमा इथानोल मिसाउने प्रस्ताव गरेको छ । निगमले तीन विषेश प्रस्ताव बोर्डमा प्रस्ताव लगेको हो ।

निगम स्रोतका अनुसार कार्यकारी निर्देशक चण्डिका भट्टले निगमको वार्षिक बजेटमा थानकोट डिपो सार्ने प्रस्ताव लेखेर लगेका छन् । स्रोतले सिंहदरबारसँग भन्यो, ‘त्रिभुवन विमानस्थलमा रहेको निगम डिपो र थानकोट डिपो सार्न बजेट नै राखेर बजेट पेश गर्नु भएको छ, विमानस्थल डिपो सार्न सरकारी जग्गामै सार्ने भनिएपनि थानकोट डिपो भने व्यक्तिगत (निजी) जग्गामै सार्नेगरी प्रस्ताव पेश गरेका छन् ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

निगम स्रोतका अनुसार ठूलो आकारको बजेट राखेर प्रस्ताव पेश गरेका छन् । थानकोटको डिपो सार्न लाकुरी भञ्याङ र रानीकोटमा जग्गा हेर्न केहि व्यक्ति (ब्रोकर) बोकेर चण्डिका भट्ट उद्योग वाणिज्य मन्त्री दामोदर भण्डारी बोकेर गोप्य रुपमा फिल्ड भिजिटमा पुगेका छन् । निजि जग्गा राम्रै कमिशन पाइने भन्दै डिपो सार्न कार्यकारी भट्ट निकै आक्रमक बनेका हुन् । लाकुरी भञ्याङ र रानीकोट मध्ये एक स्थानमा डिपो सारेर सोहि स्थानबाट पाइपबाट पुन: उपत्यकामा इन्धन वितरण गर्ने योजना उद्योग मन्त्री भण्डारी र कार्यकारी निर्देशक भट्टको छ ।

निगमको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेटमा थानकोट डिपो, विमानस्थल डिपो, पेट्रोलियम पदार्थमा इथानोल मिसावट गर्ने योजना समावेश भएको बोर्डका एक सदस्यले पुष्टि गरे । तत्कालिन वाणिज्य सचिव मधुसुदन बुर्लाकोटीले निगम बजेट जथाभावी पास नगर्ने अडान लिएपछि मन्त्री भण्डारी र कार्यकारी निर्देशक भट्ट मिलेर सचिव बुर्लाकोटीको डेढ महिनामै सरुवा गरेका थिए ।

सचिव बुर्लाकोटीको सरुवा हुने बित्तिकै कार्यकारी निर्देशक भट्टले बजेट बोर्डमा बजेट पेश गरेका छन् । बोर्डले बजेट जस्ताको तस्तै पास नगरेको भन्दै बोर्ड सदस्यसँग कार्यकारी निर्देशक भट्ट रिसाउने गरेका छन् । नयाँ जग्गा किनेर थानकोट डिपो सार्ने विषयमा बोर्ड भने सकारात्मक हुन सकेको छैन । नयाँ सचिव गोविन्द बहादुर कार्कीलाई बजेट छिटो पास गरिदिन मन्त्री र कार्यकारी निर्देशक भट्टले चर्को दबाब दिइरहेका छन् ।

यसअघिका कार्यकारी निर्देशक गोपाल खड्काले पनि जग्गा खरिदमा भ्रष्टाचार भएको भन्दै अहिले मुद्दा खेपिरहेका छन् । तत्कालिन कार्यकारी निर्देशक खड्कापछि अन्य कार्यकारी निर्देशक भने जग्गा खरिदका निम्ति हिम्मत गरेका थिएनन । तर हालका कार्यकारी निर्देशक भट्ट भने निकै आक्रामक देखिएका छन् ।

निगमका एक कर्मचारीले भने, ‘कार्यकारी निर्देशक भट्टले निकै महत्वकाँक्षा देखाउनु भएको छ, उहाँको सेटिङमा साथ नदिने कर्मचारीलाई मुखै छाडेर गाली गर्नुहुन्छ, उहाँले यो कार्यशैली फेर्नुभएन भने मलाई लाग्छ पुरा कार्यकाल बस्नुहुन्न होला ।’

अहिले कार्यकारी निर्देशक भट्टले इथानोल, विमानस्थल निगम डिपो, थानकोट डिपो सार्न विषेश योजना बोकेर हिडेका छन् । स्रोतका अनुसार निगम प्रमुख भट्ट यी तीन शर्त पुरा गर्नेगरी कार्यकारी निर्देशक बनेका हुन् ।

उद्योगमन्त्री भण्डारी र चण्डिका भट्टको सुपारी, पोस्ता र इथानोलको सेटिङमा साथ नदिएपछि वाणिज्य सचिव बुर्लाकोटीको सरुवा

 

GBIME

प्रतिक्रिया दिनुहोस्