Shikhar Insurance
National Life

काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाए : अध्यक्ष दाहाल

सिंहदरबार संवाददाता
२०८१ आश्विन ७, सोमबार १८:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको एजेण्डाको कथा हालेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयन: अपेक्षा र वास्तविकता’ विषयक कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्र नेतृत्वको सरकारलाई हटाउनैपर्ने निष्कर्षमा पुगेपछि दुई ठूला दल काँग्रेस–एमालेले संविधान संशोधनको कथा बनाएको जिकिर गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अध्यक्ष दाहालले त्यसपछि दुवै दलले संविधान संशोधन गरेर मुलुकमा राजनीतिक स्थिरता कायम गर्नुपर्छ भनेर कहीँकतै सुनिएको थियो ? भनि सहभागीहरुलाई प्रश्न पनि गरेका थिए । काँग्रेस–एमालेले सरकार चाहिएपछि संविधान संशोधनको कथा हाल्न पुगेको अध्यक्ष दाहालको भनाई थियो ।

उनले काँग्रेस–एमालेले विस्तृत शान्ति सम्झौतालाई वर्तमान संविधानको अंग हो भन्ने कुराको मर्मलाई आत्मासात नगरेको पनि बताए । अध्यक्ष दाहालले काँग्रेस–एमालेले संविधान संशोधनको एजण्डा कहिल्यै नलिएको बताए । मुलुकको परिस्थिति जटिल अवस्थामा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसमा ठूला दलहरु गम्भिर बन्नुपर्ने बताए ।

उनले भने, ‘परिस्थिति निकै जटिल छ । सहज छैन । हामीले सम्झौता गरेर बनाएको संविधान हो । शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता दल र त्यसको नेतासँग संविधान संशोधनबारे छलफल, बहस गर्न हुँदैन्थ्यो र ?’ अध्यक्ष दाहालले संविधान राम्रोसँग कार्यान्वयन हुन नपाउँदै यसलाई असफल भयो भन्ने छुट कसैलाई पनि नभएको बताए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्