Shikhar Insurance
National Life

दशैं तिहार अफर : शाओमीको मोवाइल खरिदमा आकर्षक छुट

सिंहदरबार संवाददाता
२०८१ आश्विन ७, सोमबार १८:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले दशैं तिहारलाई मध्यनजर गर्दै ‘दशैं तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ योजना ल्याएको छ । कम्पनीले आफ्ना लेटेस्ट मोडेलहरुको खरिदमा ४ हजारसम्मको छुट पाउँन सक्ने विशेष अफर ल्याएको हो ।

सो अफर भदौ ३० गतेदेखी कार्तिक ३० गतेसम्म लागु हुने कम्पनीले जनाएको छ । सो अफर अन्तर्गत ६/१२८ जीबीको ‘रेड्मी नोट १३’ २३ हजार ४ सय ९९ रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । रेड्मी नोट १३ को पुरानो मूल्य २४ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, ८/२५६ जीबीको ‘रेड्मी नोट १३’ २५ हजार ९९९ रुपैयाँमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । त्यस्तै, ८/२५६ जीबीको ‘रेड्मी नोट १३ प्रो’ ३२ हजार ९९९ रुपैयाँमा र १२/५१२ जीबीको ‘रेड्मी नोट १३ प्रो’ ३५ हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । त्यसैगरी, ‘रेड्मी नोट १३ प्रो प्लस ५ जी’ मा ८/२५६ जीबीको ४४ हजार ९९९ रुपैयाँ र १२/५१२ जीबीका ४९ हजार ९९९ रुपैयाँमा पाउँन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ६+१२८ जिबी र ८+२५६ जिबी गरी दुई स्टोरेज भेरियन्टमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल ए.आई क्यामरा रहेको छ ।

त्यसैगरी, ‘रेड्मी नोट १३ प्रो’ इन–डिस्प्ले फिङ्गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९ अल्ट्रा प्रोसेसर र ८+२५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले भन्यो, ‘रेड्मी नोट १३ प्रो प्लस ५ जि मा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भड् डिस्प्ले, आइपी ६८ रेतिंग भएको हुँदा धुलो र पानीबाट पनि बचाउँदछ र १२० वाटको चार्जर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।’

भाद्र ३० देखी कार्तिक ३० सम्म लागु हुने यो चाडपर्व विशेष अफर शाओमीका नेपालभरका रिटेल आउटलेटहरू र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध छ ।

अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘शाओमीका स्मार्टफोनहरुले हाम्रा ग्राहकहरूको यसपालीको चाडपर्वलाई विशेष बनाओस् भन्ने हाम्रो चाहना हो । ‘दशैं तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ क्याम्पेन हामीले यसैको लागि ल्याएका हौ । हामी विश्वास गर्छौं कि नयाँ प्रविधिमा सबैको पहुँच पुग्नुपर्छ र तेस्को लागि यस्तो अफरहरु प्रभावकारी हुन्छन भन्ने हाम्रो विस्वास रहेको छ ।’

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्