Shikhar Insurance
National Life

सिप्रदी ट्रेडिंगद्वारा ‘टाटा इन्जिन चेकअप क्याम्प’ सञ्चालन

सिंहदरबार संवाददाता
२०८१ आश्विन ७, सोमबार १७:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित एक मात्र अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिंग प्रालिले ‘टाटा इन्जिन चेकअप क्याम्प’ आयोजना गर्ने भएको छ । कम्पनीले असोज ९ गतेदेखि १५ गतेसम्म सोल्टीमोडस्थित सिप्रदीको पेसेन्जर भेहिकल–पीभी सर्विस सेन्टर शाखामा सञ्चालन हुने गरी सो क्याम्प आयोजना गर्न लागेको हो ।

क्याम्पमा टाटाका आइसीई (पेट्रोल र डिजेलमा आधारित) श्रेणीका एरिआ, बोल्ट, भिस्टा, मान्ज़ा, सफारी, स्टोर्म र सुमो जस्ता मोडलहरुलाई लक्षित गर्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीका अनुसार टाटा केयर क्याम्पमा सहभागीहुने ग्राहकहरुले विभिन्न विशेष सुविधा तथा छुट प्राप्त गर्न पनि सक्नेछन्। उनीहरुलाई पार्टपुर्जा र लुब्रीकेन्ट प्रत्येकमा १८ प्रतिशत एवं लेबर चार्जमा ५० प्रतिशतको भारी छुट प्रदान गरिनेछ ।

यसैगरी , इन्जिन ओभरहल गरेबापत ५ हजार नगद फिर्ता (संजीवनी योजना अन्तर्गत) एवं टप वाशिंग निशुल्क हुनेछ । यी अतिरिक्त ग्राहकहरुले इन्जिन, ब्याट्री, सस्पेन्सन, ब्रेक चेकअप लगायत कम्प्युटर परीक्षण जस्ता सुविधा निशुल्क पाउनेछन् ।

कम्पनीका अनुसार इन्जिन ओभरहल गरिएको खण्डमा १८ महिना वा ५० हजार किमिको वारेन्टी र दुई पटक निशुल्क सर्भिसिंग पनि प्राप्त गर्न सकिने कम्पनीको दाबी छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्