Shikhar Insurance
National Life

पर्यटन बोर्डले सुरु गर्‍याे भविष्यका पर्यटन जनशक्तिलाई सशक्त बनाउने कार्यक्रम

सिंहदरबार संवाददाता
२०८१ आश्विन ७, सोमबार १७:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटन व्यवसायीहरूको आगामी पुस्तालाई वर्तमानसँग अभ्यस्त गराउने पहलको शुभारम्भ गरेको छ । बोर्डले सोमबार ‘Empowering Future Tourism Leaders: Sharing Knowledge & Growth’  शीर्षकको मासिक शृङ्खलाको उट्घाटन गर्दै सो पहलको सुरु गरेको हो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीईओ) दीपकराज जोशीले कार्यक्रमको महत्त्वलाई जोड दिँदै भने, ‘यो हाम्रो पर्यटनको भविष्य प्रवर्द्धन गर्ने पहल हो। हामी यस क्रममा भाइबहिनी र उद्योगीहरूको साथको अपेक्षा गर्दछौं ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा बोल्दै बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐरले यो कार्यक्रमले बिद्यार्थी भाइबहिनीहरूलाई जागिर उन्मुख हुने भन्दा पनि उद्यमी बन्न जोड लगाउनुपर्ने बताए।

बोर्डका वरिष्ठ प्रवन्धक विमल कँडेलले नेपालका अनुपम पर्यटकीय सम्पदाहरुको बारेमा प्रस्तुतिकरण गरेका थिए । यसै गरी कार्यक्रममा सुभश्री कलेजका प्राचार्य मनिता ओलीले युवा जनशक्तिले हरेक समय केही न केही सिकिरहनु पर्ने र यस कार्यक्रमले पनि सबैलाई सिक्ने मौका दिएको बताए ।

यस पहलले उद्योग विशेषज्ञता र उदीयमान प्रतिभाहरू बीचको खाडललाई कम गर्दै आवश्यक वातावरण सिर्जना गर्नेछ भन्ने आशा बोर्डको रहेको छ । यस सत्रले अनुभवी पेशा व्यवसायीहरु, शिक्षकहरू, र विद्यार्थीहरूलाई पर्यटनमा नवीनतम प्रवृत्तिहरू छलफल गर्न र भविष्यका अवसरहरू अन्वेषण गर्न अभिप्रेरित गर्नेछ ।

‘यो पहल ज्ञान हस्तान्तरणको लागि मात्र होइन, यो हाम्रो पर्यटन उद्योगको भविष्यलाई आकार दिने युवा नेताहरू बनाउने अभियान हो’ जोशीले थपे । नेपाल पर्यटन बोर्ड नेपालमा दिगो पर्यटन प्रवर्द्धन गर्न र प्रमुख पर्यटन गन्तव्यको रूपमा देशको छवि बढाउन प्रतिबद्ध रहेको बोर्डले जनाएको छ ।

नवीन कार्यक्रमहरू र साझेदारीहरू मार्फत, बोर्डले पर्यटन उद्योगको विकासलाई दीर्घकालीन सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्