Shikhar Insurance
National Life

एसबिआई बैंकले बाड्यो विद्यार्थीहरुलाई स्कुल ब्याग

सिंहदरबार संवाददाता
२०८१ आश्विन ७, सोमबार १७:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ ।

बैंकले मकवानपुरको भीमफेदी गाउँपालिकास्थित श्री लेकाली बसीफाँट माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री वितरण गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत(सीईओ) दीपक कुमार देले श्री लेकाली बसीफाँट माध्यमिक विद्यालय समितिका अध्यक्ष र प्रधानाध्यापकलार्ई औपचारिक रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमूख संचालन अधिकृत, यादवेंद्र कांत, प्रमुख जोखिम तथा अनुपालन अधिकृत, विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र बैंकका बागमति प्रदेश प्रमुख, बिनोद कुमार ढुंगेल र बैंक तथा स्कुल समितिका अन्य पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्