Shikhar Insurance
National Life

बाराही हस्पिटालिटी अन्तर्गतका ४ होटललाई साउथ एसियन ट्राभल अवार्ड

सिंहदरबार संवाददाता
२०८१ आश्विन ७, सोमबार १७:११
Hyundai
NCELL
NIMB

काठमाडौं । बाराही हस्पिटालिटी अन्तर्गतका विभिन्न चार होटलले साउथ एशियन ट्राभल अवार्ड्स (साटा) प्राप्त गरेका छन् । ठमेलस्थित ४ तारे स्तरको होटल बाराही काठमाडौंले दक्षिण एसियाकै उत्कृष्ट नयाँ होटलको रुपमा गोल्ड अवार्ड पाएको हो ।

यस्तै, पोखराको ‘नेचुरल भ्यु पोइन्ट’ सारङकोटको डाँडामा रहेको सारङकोट माउन्टेन लजले मस्ट रोमान्टिक रिसोर्टको अवार्ड प्राप्त गरेको छ । माछापुच्छ्रेको छाँयाले डुबुल्की मार्ने रुफटप स्विमिङ पुल, हिमशृङ्खला र सुर्योदय हेर्दै रमाउन सकिने बाथटब, सितल मौसम र उत्कृष्ट आतिथ्यताले सारङकोट माउन्टेन लज प्रसिद्ध छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निकुञ्ज भित्रका होटलको झल्को दिने पर्यावरण मैत्री बाराही जंगल लजले लिडिङ वाइल्डलाइफ रिसोर्टको अवार्ड प्राप्त गरेको छ । चितवनको मेघौलीमा रहेको सो लज ‘लिजर टुरिजम’का लागि उत्कृष्ट गन्तव्य हो ।

यस्तै पोखराको नौ नम्बर स्ट्रीटमा रहेको होटल ‘आवास पोखरा’ले ४० भन्दा कम रुमको लिडिङ सिटी होटलको अवार्ड पाएको छ । रुफटप बार, इन्फिनिटी स्विमिङपुल सहितको यो होटल बजेट फ्रेन्ड्ली ग्राहकको रोजाइमा पर्ने गरेको छ ।

हस्पिटालिटिको उत्कृष्ट अभ्यास गर्ने आफ्ना कर्मचारीहरुको कारण अवार्ड प्राप्त गर्न सफल भएको हस्पिटालिटीका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले बताए । साटाका संस्करणहरु दक्षिण एसियाका विभिन्न सहरमा आयोजना गरिंदै आइएको छ । यसपटकको ८औं संस्करण होटल एसोसिएसन नेपाल (हान) को सहकार्यमा नेपालमा सम्पन्न भएको हो ।

दक्षिण एसियाका आतिथ्य क्षेत्रमा यो अवार्ड प्रतिष्ठित मानिन्छ । हरेक वर्ष साटाले पर्यटन क्षेत्रमा योगदान दिने विभिन्न होटल तथा संस्थाहरूलाई अवार्ड प्रदान गर्दै आएको छ । कार्यक्रममा छ देशका दुई सय ५० भन्दा बढी होटल, ट्राभल, एयरलाइन्सका प्रतिनिधि तथा सञ्चारमाध्यमको सहभागिता थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्