Shikhar Insurance
National Life

सांसदहरु नआएपछि संसदीय सुनुवाई समितिको बैठक स्थगित

सिंहदरबार संवाददाता
२०८१ आश्विन ७, सोमबार १५:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । संसदीय सुनुवाई समितिको आजको बैठक पनि स्थगित भएको छ । सोमबार श्रीलंकाका लागि प्रश्तावित राजदुत रामकृष्ण भट्टराईको नाम पारित गर्ने वा अस्वीकार गर्ने भन्ने निर्णय लिन बसेको बैठक आवश्यक सांसदहरुको अनुपस्थितिले स्थगित भएको हो ।

यसअघि बाँकी १६ जना विभिन्न देशका लागि प्रश्तावित राजदुतको नाम अनुमोदन गरेपनि श्रीलंकाका लागि प्रश्तावित राजदुत भट्टराईको स्नातक तहको सर्टिफिकेट उपलब्ध नगराएको भन्दै नाम अनुमोदन गरिएको थिएन । यसअघि आइतबारका लागि बोलाइएको बैठक पनि स्थगित गरिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नाम स्वीकृत/अस्वीकृत गर्न समितिमा रहेका दुई तिहाई बहुमत सांसदहरुको उपस्थिति अनिवार्य हुन्छ । आज ९सोमवार० बसेको बैठकमा समितिमा रहेका १५ सांसदमध्ये ८ जना मात्रै उपस्थित भएकाले निर्णय लिन नसकिएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताए ।

दुई तिहाईका लागि समितिमा १० जना सदस्य अनिवार्य उपस्थिति हुनुपर्छ । उनले आजको बैठक स्थगित भएको र मंगलबार बिहान ९ बजे बस्ने जानकारी दिए ।

गत बैठकमा समितिले श्रीलंकाका लागि प्रश्तावित राजदुत रामकृष्ण भट्टराईको स्नातक तहको सर्टिफिकेट मागेको थियो ।

जसमा हालसम्म पनि भट्टराईले सर्टिफिकेट नदिएको बैठकमा उपस्थित एक सांसदले बताए । सरकारले राजदुतमा सिफारिस गरेको (भोलि) मंगलवार ४५ दिन पुग्ने भएकाले भोलि नै राजदुत भट्टराईको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने समितिले टुंगो लगाउनेछ । –

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्