Shikhar Insurance
National Life

प्रभु बैंकलाई भिसा इन्टरनेशनलले गर्‍यो दुई विधामा सम्मान

सिंहदरबार संवाददाता
२०८१ आश्विन ७, सोमबार १६:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंक भिजा इन्टरनेशनलद्धारा आयोजित ‘भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत’ दुई विधाबाट सम्मानित भएको छ । बैंक Excellence in Consumer Debit Card Business र Excellence in Product Innovation गरी दुई विधामा सम्मानित भएको भएको हो ।

बैंकले भिजा एफिलिएट सदस्यता श्रेणीको रूपमा भिजा नेटवर्कमा भिजा उपभोक्ता डेबिट कार्डको व्यवसायमा उत्कृष्टता वापत् पहिलो अवार्ड प्राप्त गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, दोस्रो अवार्ड एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन पूर्ण नविनतम् सुविधा सहितको प्रभु भिसा बिजनेश डेबिट कार्डको पहिलो व्यबसायिक सेवा बिस्तारसँग सम्बन्धित रहेको बैंकले जनाएको छ ।

प्रभु भिजा बिजनेश डेबिट कार्ड प्रभु बैंकमा चल्ती खाता खोली कारोबार गर्ने/गरिरहेका खाताधनीहरुलाई लक्षित गरी डेबिट कार्ड सम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले प्रभु भिजा बिजनेश डेबिट कार्ड सेवाको थालनी गरिएको बैंकले जनाएको छ ।

भिजा बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित रहेको बैंकले जनाएको छ । कर्पाेरेट र व्यापारिक घरानाहरू, फर्महरू, कम्पनीहरू, स्कूल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेस्टुरेन्टहरू, अस्पतालहरू आदिमा सीमित हुन सक्दछन् जसले आफ्ना व्यापारीहरू, विक्रेताहरू, आपूर्तिकर्ताहरू र सेवा प्रदायक आदिलाई नियमित रूपमा साना र ठूला भुक्तानीहरू गर्दछन् ।

प्रभु बैंकद्धारा सञ्चालित भिजा बिजनेस डेबिट कार्डको मद्दतले व्यवसायिक कारोबारको भुक्तानीमा सहजता भई व्यवसाय प्रबद्र्धनमा थप सहजता तथा पारदर्शीता समेत कायम रहने बैंकले विश्वास लिएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्