Shikhar Insurance
National Life

काठमाडौं स्पाइकर्सको ट्यालेन्ट हन्टमा रितिका बनिन् विजेता

सिंहदरबार संवाददाता
२०८१ आश्विन ७, सोमबार १३:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं स्पाइकर्सले ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न गरेको छ । स्पाइकर्सले असोज ५ गते दसरथ रंगशालाको कभर्ड हलमा सो इभेन्ट सम्पन्न गरेको हो ।

ट्यालेन्ट हन्ट इभेन्टबाट ६.१ फिटकी रितिका भट्ट उत्कृष्ट खेलाडी र बिजेताको रूपमा छनोट भएकी छिन् । उनी अब काठमाडौं स्पाइकर्स टोलीमा समावेश हुँदै वात्सल्य एभिएल महिला भलिबल लिगमा टिमको प्रतिनिधित्व गर्नेछिन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त इभेन्टको उद्देश्य स्थानीय प्रतिभाशाली खेलाडीहरूलाई स्पाइकर्सको टिममा सहभागिता गराई अवसर प्रदान गर्नु रहेको काठमाडौं स्पाइकर्सले जनाएको छ । यस इभेन्टबाट नेपालमा महिला खेलकुदलाई थप उचाइमा पुर्याउन योगदान गर्ने विश्वास काठमाडौं स्पाइकर्सले व्यक्त गरेको छन् ।

काठमाडौं स्पाइकर्सकी सीओओ सुदिक्षा अधिकारीले भनिन्, ‘आजको ट्यालेन्ट हन्ट इभेन्टले नेपाली भलिबलमा महिला खेलाडीहरूको सशक्तिकरणतर्फ महत्त्वपूर्ण कदम चालेको छ। स्थानीय प्रतिभाको पहिचान र प्रवर्धन नै भविष्यको बलियो आधार हो भन्ने हाम्रो विश्वास रहेको छ। सहभागीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् र हामी आगामी दिनमा पनि यस्ता अवसरहरू प्रदान गर्न प्रतिबद्ध रहेका छौं’

काठमाण्डौ स्पाइकर्सले भलिबल खेलप्रति युवा पुस्ताको रुचि बढाउन र भविष्यका उत्कृष्ट खेलाडीहरूलाई पहिचान गर्नका लागि यस्ता आगामी सिजनमाहरुमा पनि कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। अन्त्यमा, आयोजक काठमाण्डौ स्पाइकर्सले इभेन्टको सफलतामा सहभागी सबै खेलाडी, प्रशिक्षक, र समर्थकलाई धन्यवाद व्यक्त गरेका छन्।

ट्यालेन्ट हन्ट इभेन्ट नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठ, सचिव गणेश सिंह ठगुन्ना, संघका सदस्य अन्जु श्रेष्ठ, काठमाण्डौ महानगरपालिका वडा २६ का वडा अध्यक्ष ख्याम राज तिवारी र मुख्य भलिबल प्रशिक्षक जगदिश प्रसाद भट्टको सक्रिय नेतृत्वमा इभेन्ट सम्पन्न भएको हो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्