Shikhar Insurance
National Life

भदौमा देशभर साढे ३२ हजारभन्दा धेरै घरजग्गा किनबेच, यी हुन् सबैभन्दा धेरै कारोबार गर्ने १० मालपोत कार्यालय

सिंहदरबार संवाददाता
२०८१ आश्विन ७, सोमबार ०८:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । भदौमा ३२ हजार ७ सय ९८ वटा घरजग्गा किनबेच भएको छ । देशभरको मालपोत कार्यालयहरुबाट सो संख्यामा घरजग्गाको किनबेच भएको हो ।

भूमी व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारको तथ्यांक अनुसार पाँच शिर्षकमा १ लाख ८ हजार ३८ प्रकृतिको घरजग्गा सम्बन्धि काम भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भदौ महिनामा ३८ सय ८८ वटा नामसारीको काम भएको छ । यस्तै,९ हजार २ सय ७२ वटा संशोधन हुदाँ २३ सय ८८ वटा हालसाबिक भएको छ । यसैगरी ३६ हजार ८ सय १९ वटा जग्गा रोक्का हुदाँ २५ हजार २ सय ६१ वटा जग्गा फुकुवा भएका छन् ।

मालपोत कार्यालयहरुले अघिल्लो महिना (साउन) मा जम्मा ४३ हजार ८ सय ३५ वटा जग्गाको लिखत पारित गरेको थियो भने गत (२०८०/८१ ) भदौमा ३५ हजार ६ सय ८६ वटा जग्गाको लिखत पारित गरेको थियो ।

भदौ महिनामा सबैभन्दा धेरै लिखत पारित गर्नेको पहिलो नम्बरमा इनरुवा, सुनसरी रहेको छ । इनरुवाले भदौ महिनाभरीमा १ हजार ६ सय ५१ वटा जग्गा लिखत पारित गरेको छ । त्यसैगरी, दोस्रो स्थानमा भद्रपुर, झापा रहेको छ । भदौमा मालपोत कार्यालय भद्रपुरबाट १ हजार १ सय ४८ वटा लिखत पारित भएको छ ।

त्यस्तै, राजविराज, सप्तरीबाट १ हजार १ सय १, भक्तपुरबाट ७ सय ९६, मंलगवा, सर्लाहीबाट ७ सय ७५, लगनखेल, ललितपुरबाट ७ सय ६२ वटा लिखत पारित भएका छन् । त्यस्तै, सिराहबाट ७ सय ५७, पर्साबाट ७ सय २९ र कलैया, बाराबाट ७ सय ८ वटा लिखत पारित भएको छ ।

एक महिनाको अवधिभित्र विभिन्न मालपोत कार्यालयहरुमा लिखत पारित हुने संख्या घट्दै गएको भूमि सुधार तथा मालपोत कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यी हुन् सबैभन्दा धेरै राजस्व संकलन गर्ने १० मालपोत कार्यालय

भदौ महिनाभरीमा सबैभन्दा धेरै मालपोत कार्यालय लगनखेल, ललितपुरले राजस्व उठाउन सफल भएको छ । ललितपुर कार्यालयले सेवा कर, रजिष्ट्रेशन दस्तुर, डोर सुविधा, पूँजीगत लाभ कर, विलम्ब शुल्क गरी जम्मा ३० करोड ६१ लाख ५८ हजार ६ सय ४० रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत भदौ अर्थात् आर्थिक २०८०/८१ भदौमा मालपोत कार्यालय लगनखेल, ललितपुरले ३७ करोड ७४ लाख ३३ हजार ४ सय ६४ रुपैयाँ राजस्व संकलन गरेको थियो ।

भदौ महिनामा सबैभन्दा धेरै राजस्व संकलन गर्नेमा दोस्रो स्थानमा डिल्लीबजार, काठमाडौं रहेको छ । डिल्लीबजारले २७ करोड १३ लाख ८५ हजार ८ सय ६७ रुपैयाँ राजस्व उठाएको छ ।

त्यसैगरी, भदौ महिनामा कलंकी काठमाडौंले २६ करोड ८१ लाख ३१ हजार १ सय २५ रुपैयाँ, भक्तपुर मालपोत कार्यालयले २४ करोड ७५ लाख १२ हजार ८८० रुपैयाँ, कास्की कार्यालयले १२ करोड ९२ लाख १२ हजार ४२२ रुपैयाँ र चाहविल, काठमाडौंले १२ करोड ३७ लाख २९ हजार ९३ रुपैयाँ रकम राजस्व उठाएको छ ।

यस्तै, इनरुवा, सुनसरीले ९ करोड ९१ लाख २५ हजार ८९६ रुपैयाँ, चितवनले ८ करोड ९० लाख ८३ हजार ७ सय ५७ रुपैयाँ, भद्रपर, झापाले ५ करोड ५५ लाख १८ हजार ५ सय ७७ रुपैयाँ र वागलुङले २ करोड १४ लाख ७८ हजार २ सय १३ रुपैयाँ राजस्व संकलन गरेको छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्