Shikhar Insurance
National Life

एनएमबि बैंक, डिभी एक्सेलस र बागमती गाउँपालिका मिलि किसानहरुलाई कर्जा सहजीकरण गर्ने

सिंहदरबार संवाददाता
२०८१ आश्विन ६, आईतवार १८:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंक लिमिटेड, डिभी एक्सेलस प्रालि (खेति एप) र बागमती गाउँपालिका मकवानपूरबीच त्रिपक्षीय सम्झौता भएको छ । पालिकाका किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरुलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा सो सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकको तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा बुद्धि मल्ल, डिभी एक्सेलसको तर्फबाट सह–संस्थापक न्यूराज कार्की र गाँउपालिकाको तर्फबाट अध्यक्ष सर्केश घलानले हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सम्झौता अनुसार बागमती गाउँपालिकाले कृषि व्यवसायमा संलग्न व्यक्तिहरुलाई बैंकको डिजिटल कर्जा मार्फत उनीहरुलाई कर्जा लगानी सहज बनाई कृषकहरुको आर्थिक अवस्था बृद्धि गर्नको लागि तीनै वटा संस्था मिलि वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्ने, प्राप्त गर्न योग्य किसानहरुलाई कर्जाको लागि सहजीकरण गर्ने, ऋणीहरुलाई अन्य विभिन्न खालका परामर्श सेवाहरु प्रदान गर्ने तथा कर्जा असुलीमा पनि सहयोग गर्ने भएको छ ।

कार्यक्रममा गाँउपालिकाका अध्यक्ष सर्केश घलानले गाउँपालिकाका किसानहरुलाई कृषि व्यवसायमा उत्प्रेरित गर्नको लागि विभिन्न कार्यक्रमहरु गरिरहेको र आफूले भरसक अझै बढी सहयोग गरेर कृषि व्यवसायलाई आधुनिकिकरण गर्ने र कृषी व्यवसायद्धारा गाउँपालिकाका ऋणीहरुलाई वित्तीय अनुशासनमा रहेर व्यवसाय गर्न लगाई एउटा उदाहरणिय गाउँपालिका बनाउने प्रतिबद्धता व्यत्त गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष र केही वडाका अध्यक्षहरु, कृषि अधिकृत लगायत अन्य अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्