Shikhar Insurance
National Life

संविधान संशोधन सरकारको मात्रै विषय होइन : सभामुख घिमिरे

सिंहदरबार संवाददाता
२०८१ आश्विन ६, आईतवार १७:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । सभामुख देवराज घिमिरेले संविधान संशोधन सरकारको मात्रै विषय नभएको बताएका छन् । आइतबार सिंहदरबारमा संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रिय तदर्थ समितिले दशौं संविधान दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संविधान संशोधनको विषय सरकारको विषय नभएको बताए । उनले अहिले संविधान संशोधनको पक्षमा र विपक्षमा नाराबाजी शुरु भएको भन्दै यो दु:खद रहेको बताए । उनले संविधान संशोधन गर्नेकुरा असमझदारीबाट सुरु हुँदा आवश्यक हुँदाहुँदै पनि अनुपयुक्त हुने जिकिर गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले व्यवहारमा गरेका अनुभव र जनताको समस्याहरुलाई सम्बोधन गर्नेगरी संविधान संशोधन हुनुपर्ने बताए । संविधान संशोधन कसैको जित र हारको विषय नभएको बताए । संविधान संशोधन सत्तामा चढ्ने र ओर्लिने विषयका रुपमा लिन नहुने जानकारी दिए । उनले संविधान कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताए । सभामुख घिमिरेले न्युनतम सहमति र सहकार्यको वातावरण बनाइ उपयुक्त ढंगबाट संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्