Shikhar Insurance
National Life

काँग्रेस–एमालेबीच लिखित समझदारी नभए पनि संविधान संशोधन आवश्यक थियो : सांसद निधी

सिंहदरबार संवाददाता
२०८१ आश्विन ६, आईतवार १७:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले नेपाली काँग्रेस र नेकपा एमालेको बीचमा संविधान संशोधनको बुँदा समावेश गरेकै कारण संविधान संशोधनको औचित्य रहेको भन्ने बुझाइ गलत भएको बताएका छन् ।

आइतबार सिंहदरबारमा संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रिय तदर्थ समितिले दशौं संविधान दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले दुई पार्टीमा समझदारी भएकै आधारमा संविधान संशोधन गर्नुपर्छ भन्ने कुरा गलत भएको बताए । संविधानकै धारामा पुनरावलोकन र संशोधन गर्नुपर्ने उल्लेख गरेको भन्दै दुई पार्टीमा लिखित बुँदा सहमति नभइदिएको भएपनि अहिलेको संविधानमा संविधान संशोधनको जरुरत रहेको जानकारी दिए ।

उनले समय समयमा सहमति भएअनुसार संविधान संशोधन हुने जिकिर गरे । उनले संघीय प्रणाली बनाएपनि संघीयताअनुसार अधिकार प्रदान गर्न नसकेको बताए । उनले प्रत्येक प्रदेशसँग आफ्नो प्रहरी संगठन, कर्मचारी हुनुपर्ने बताए ।

सांसद निधीले सात प्रदेशसँगै १० वर्षसम्म पनि आफ्नो कर्मचारी नरहेको बताए । आत्मालोचनाको बानी काँग्रेसमा नरहेको तर कम्युनिष्टहरुमा धेरै हुने गरेको सुनेको भन्दै सबै राजनीतिक दलहरुले आत्मालोचना गर्न जरुरी रहेको जानकारी दिए ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्