Shikhar Insurance
National Life

उपलब्धिको रक्षा गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार छौं : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

सिंहदरबार संवाददाता
२०८१ आश्विन ६, आईतवार १७:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको उपलब्धिहरुलाई कुनैपनि कोणबाट कुठाराघात नगर्नेगरी संविधान संशोधन गर्न आवश्यक रहेको बताएका छन् । आइतबार सिंहदरबारमा संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रिय तदर्थ समितिले दशौं संविधान दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले उपलब्धिको रक्षा हुनेगरी संविधान संशोधन भए आफूहरुको पूरा सहयोग रहने बताए । उनले संविधान संशोधन गर्दा संविधान जारी गर्दाखेरी र अहिलेका अनुभवका आधारमा हुनुपर्ने बताए । उनले सबै सहमत भएको अन्तरवस्तु तर बुँदाहरु, धाराहरु मिलाउँदा नमिलेको कुराहरुमा अहिले सहमति जुटाउन सकिने जानकारी दिए । उनले संविधानलाई राम्रो र परिष्कृत बनाउन नयाँ अध्यानय थप्नेगरी अघि बढ्नुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वर्तमान सरकार बन्ने प्रसंगसँग संविधान संशोधनको विषय आएकाले केही विवाद आएको जानकारी दिए । उनले समावेशी, समानुपातिक पक्षहरुमा पछि नहट्ने विषयमा सरकार सरकारमा सहभागी राजनीतिक दलहरुले स्पष्ट पारिसकेको भन्दै अब सोहीअनुसार अघि बढ्न जरुरी रहेको बताए ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले उपलब्धिको रक्षा गर्न नेपाली समाज र जनताको आवश्यकता र अपेक्षाअनुसार संविधान परिमार्जन गर्नुपर्ने बताए । उनले प्रतगिमन मुर्दावाद भनेर मात्रै संविधानको रक्षा नहुने बताए । लोकतन्त्र र संविधानको रक्षा गर्न नेपाली जनताले सामाजिक र आर्थिक क्षेत्रको रुपान्तरण गर्नसक्नुपर्ने बताए ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्