Shikhar Insurance
National Life

इना सेन्टरले ल्यायो दुबईको प्रसिद्ध अल हरमेन परफ्युम

सिंहदरबार संवाददाता
२०८१ आश्विन ६, आईतवार १७:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । इना सेन्टरले दुबईको प्रसिद्ध अल हरमेन परफ्युम ल्याएको छ । नेपालका परफ्युम पारखीहरुलाई लक्षित गर्दै इना सेन्टरले अल हरमेन बजारमा उपलब्ध गराइएको हो ।

युनाइटेड अरब इमिरेट्सको दुबईमा तयार हुने अल हरमेन परफ्युम विश्व बजारमै लोकप्रिय छ । काठमाडौंमा हालै आयोजित एक भव्य समारोहमा इन्टरनेशनल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अल हरमेन परफ्युम नेपाली बजार प्रवेशको शुभारम्भ गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राजनीतिक तथा सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरु सहभागी रहेको कार्यक्रममा फिल्मी क्षेत्रका सेलिब्रेटीहरूसहित प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो ।

इना सेन्टरको अल हरमेन पफ्युम्ससँगको सफल साझेदारीले नेपाली बजारमा उच्च गुणस्तरका अन्तर्राष्ट्रिय ब्रान्डहरू ल्याउने आफ्नो प्रतिवद्धतालाई पुन प्रमाणित गरेको यसका प्रबन्ध निर्देशक उद्धव बर्तौलाले बताए ।

‘हामी पहिलो पटक युएईको सबैभन्दा प्रतिष्ठित परफ्युम ब्रान्ड अल हरमेन नेपालमा ल्याउन पाउँदा अत्यन्तै गौरवान्वित छौं’ बर्तौलाले भने ‘अल हरमेनले उत्कृष्ट सुगन्धका लागि बेन्चमार्क सेट गरेको छ र हामी विश्वस्त छौं कि नेपाली उपभोक्ता र सुगन्ध प्रेमीहरूले पहिलेका ब्रान्डजस्तै यसलाई पनि मन पराउनु हुनेछ ।’

कम्पनीले एम्बर औड सिरिजका दुईवटा नयाँ सुगन्धसहितको परफ्युम पनि अनावरण गरेको छ । जसमा एम्बर औड दुबई नाइट र एम्बर औड दुबई एक्वा रहेका छन् । कार्यक्रमका सहभागीहरूबाट दुबै सुगन्धप्रति उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्