Shikhar Insurance
National Life

पोखरामा असाेज ३० गतेदेखि योगा महोत्सव हुँदै

सिंहदरबार संवाददाता
२०८१ आश्विन ६, आईतवार १७:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । होटल संघ नेपालले पर्यटनले योगा महोत्सव २०२४ आयोजना गरेको छ । संघले प्रवर्द्धन सम्बन्धी गर्दै आएको विभिन्न क्रियाकलापहरु मध्ये आध्यात्मिक पर्यटनमार्फत मुलुकलाई अघि बढाउने उद्देश्यले २०२४ अक्टोबर १६ देखि १९ सम्म चारदिने योगा महोत्सव आयोजना गरिएको हो ।

महोत्सव पोखरास्थित पूर्ण योगा रिट्रिट सेन्टरमा हुन गइरहेको छ। सो महोत्सव नेपाल योगा महोत्सवसँगको सहकार्यमा हुने भएको छ । उक्त महोत्सवमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त योगा विज्ञहरुको जमघट हुने भई उनीहरुबाट विभिन्न विधामा योगा कक्षाहरु पनि सञ्चालन गरिनेछन् । हिमालको काखमुति आयोजितउक्त महोत्सवमा सहभागीहरुले भरपूर आनन्द दिने पनि जनाइएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस महोत्सवको उत्कृष्ट पक्षहरु भनेको विस्वस्तरीय प्रस्तुतकर्ताहरुमा गुरु अन्तरयोगी चैतन्य केन्द्र प्रकाश थापा ग्रामी नोमिनेटेड मनोज, पिटिर स्टेरियोस र चर्य नृत्य नाच गुरु प्रज्वलरत्न वज्राचार्य जस्ता विशेषज्ञहरुबाट योग ध्यानको कार्यशालाहरु रहनेछन् भने ऐतिहासिक तथा सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत हुनेछन् ।

साथै यस कार्यक्रमले मुलुकको दिगो पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेनै छ। यस महोत्सवबाट अन्तर्राष्ट्रिय जगतमा मुलुकको पर्यटनलाई अझ बढी टेवा पुग्ने हुँदा कार्यक्रमको आयोजना गर्न उत्साहित रहेको पनि होटल संघ नेपालका महासचिव साजन शाक्यले जानकारी गराए ।

कार्यक्रममा सहभागिताका लागि नेपालीलाई दिनको ३००० र विदेशीलाई ६ हजार ५ सय बुझाई टिकट प्राप्त गर्न सकिने छ भने महोत्सव अवधिभरका लागि प्याकेजको पनि व्यवस्था गरिएको छ । महोत्सवको ट्राभल पार्टनर यती यरलाइन्स रहेको छ । कार्यक्रमका बारेमा विस्तृत विवरणका लागि वेबसाईट www.nepalyogafestival.com तथा ९८५११५८३८४ मा सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्