Shikhar Insurance
National Life

नेपालले इरानमा हुने ‘सिनियर वर्ड कप’ कबड्डी च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

सिंहदरबार संवाददाता
२०८१ आश्विन ६, आईतवार १४:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालले इरानको एन्जल शहरमा हुने सिनियर वर्ड कपबीच कबड्डी च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ । आगामी सेप्टेम्बर २५ देखि ३० तारिखसम्म आयोजना हुने पहिलो संस्करणको वर्ड कपबीच कबड्डी च्याम्पियनसिपमा नेपालले चुनौती प्रश्तुत गर्ने भएको हो ।

अखिल नेपाल कबड्डी संघले आईतवार एक कार्यक्रम आयोजना गर्दै वर्ड कप बिच कबड्डी खेल्न जाने नेपाली पुरुष टोलीको बिदाइ गरेको छ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आयोजित एक कार्यक्रमका बीच राखेपका सदस्यसचिव टंकलाल घिसिङ र नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झा लगायतले बिदाई गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो अवसरमा सदस्यसचिव घिसिङले कबड्डी खेलले धेरै सम्भावना देखाए पनि राज्यले यस खेलप्रति त्यति चासो देखाउन नसकेको इतिहास रहेको बताए । साथै, उनले अली लामो तयारी, मिहिनत र लगानी गरेमा महिला र पुरुष दुवैबाट पदक सम्भावना रहेको औंल्याए ।

यस च्याम्पियनसिपमा नेपालसहित इरान, जर्मनी, डेनमार्क, केन्या, पाकिस्तान, इराक, तुर्किमिनिस्तान, लेबनान र ओमानले खेल्दैछन् । भारतले पनि यसै च्याम्पियनसिपमा खेल्ने तयारी गरेको थियो ।

तर अन्तर्राष्ट्रिय कबड्डी फेडेरेसनले भारतीय एमेच्योर कबड्डी फेडेरेसनमाथि प्रतिवन्ध लगाएपछि इरानमा भारतको चुनौती नहुने भएको हो । यसै प्रतियोगिता लागि नेपालले १५ दिन विशेष प्रशिक्षणसमेत गरेको थियो ।

यसै च्याम्पियनसिपका लागि कल्याण भुजेलको कप्तानीमा ६ सदस्यीय नेपाली टोली घोषणा भैसकेको छ । विष्णु भट्टको प्रशिक्षणमा रहेको टोलीमा रन्जित गजमेर, पदमबहादुर बिष्ट, गणेश कार्की, रामु टमटा र नीरज चन्द छन् ।

टिम व्यवस्थापकमा शरद दर्शन धारी र टेक्निकल अफिसरमा रामकेबल मुखिया रहेको अखिल नेपाल कबड्डी संघका महासचिव झाले जानकारी दिए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्