Shikhar Insurance
National Life

भूमिगत सिँचाइमा बजेट कम माग बढी

सिंहदरबार संवाददाता
२०८१ आश्विन ६, आईतवार १२:४२
Hyundai
NCELL
NIMB

चितवन । चितवनसहित तीन जिल्ला हेर्दै आएको चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनामा बजेट कम हुँदा किसानका मागअनुसार आयोजना बन्न सकेका छैनन् । सिँचाइसँगै कृषिजन्य उत्पादन बढ्दै गएपछि किसानले स्यालो ट्युवेल र डिप ट्युवेलको माग गर्दै आएका छन् । कार्यालयमा हालसम्म स्यालो ट्युवेल दुई सय ५० र डिप ट्युवेल ४० वटा माग भएकामा बजेट अभावले चालु आर्थिक वर्षमा ६२ वटा योजना मात्रै कार्यान्वयन गर्ने तयारी भएको हो ।

आयोजना प्रमुख विश्वबन्धु केसीका अनुसार चितवनमा ३८, मकवानपुरमा पाँच र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १९ वटा आयोजना सञ्चालन गरिँदै छ । चितवनको इच्छाकामना गाउँपालिकाबाहेक अन्य सबै पालिकामा आयोजना कार्यान्वयन हुने उनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मकवानपुरको हेटौँडा उपमहानगरपालिका तथा मनहरी, बकैया र बागमती गाउँपालिकामा आयोजना सञ्चालन हुने केसीले जानकारी दिनुभयो । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु र विनय त्रिवेणी नगरपालिकामा आयोजनाको काम हुने उनले जानकारी दिए ।

आयोजना प्रमुख केसीले भने ‘अन्तय जिल्लाको तुलनामा चितवनका किसानले बढी माग गर्नुभएको छ । मागअनुसार आयोजना भने पर्न सकेको छैन ।’ यी आयोजना सम्पन्न गर्न ४० करोड बजेट विनियोजन भएको जनाउँदै तोकेर आयोजना आएकाले किसानका मागअनुसार काम गर्न नसकिने उनले उल्लेख गरे ।

वि.सं २०७७ मा स्थापना भएको यस कार्यालयले हालसम्म लिफ्ट सिँचाइ ११ र डिप बोरिङ ९८ वटा जडान गरी तीन हजार सात सय हेक्टर क्षेत्रफलमा सिँचाइको व्यवस्था गरेको छ । वैकल्पिक सिँचाइको अभाव भएका स्थानमा संयोजनात्मक सिँचाइले काम गर्दै आएको केसीले जानकारी दिए । अघिल्ला वर्षमा मकवानपुर र चितवन मात्रै हेर्दै आएको यस आयोजनाले यस वर्ष नवलपुरमा थप गरेर काम गर्दै

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्