काठमाडौं । जेफ बेजोससँग अन्तरिक्ष यात्रा गर्नका लागि एक व्यक्तिले अमेजनलाई २८ मिलियन अमेरिकी डलर दिने भएका छन् । बेजोससँग सिट सेयर गर्न उनले सो रकमको बोली लगाएका हुन् ।
यो रकम बेजोसको ‘ब्ल्यु ओरिजिक’ प्रोजेक्टमा खर्च गरिनेछ । शनिबार गरिएको बोलकबोलमा यो बोली लगाउने व्यक्तिको पहिचान केही सातामा सार्वजनिक गरिने बताइएको छ ।
यो बोलकबोलमा १ सय ४० देशमा व्यक्तिहरूले बोलि लगाएका थिए ।
जुलाइ २० मा ब्ल्यु ओरिजिनले पहिलो अन्तरिक्ष उडान भर्दैछ । फ्लाइटमा बेजोस र उनका भाइले यात्रा गर्नेछन् । यो यात्रा ११ मिनेटको हुनेछ ।
–एजेन्सीहरूको सहयोगमा
प्रतिक्रिया दिनुहोस्