Shikhar Insurance
National Life

कुनै इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरिएको छैन : एनसेल

सिंहदरबार संवाददाता
२०८१ आश्विन ४, शुक्रबार १३:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । एनसेलले कुनै पनि इन्टरनेट कम्पनी खरिद नगरेको जानकारी दिएको छ । कम्पनीले शुक्रबार एक विज्ञप्ती जारी गर्दै सो जानकारी दिएको हो ।

इन्टरनेट सेवा प्रदायक कम्पनीको सेयर खरिद गरेको भन्दै मिडियाहरुले समाचार प्रकासन गरेपछि एनसेलले ती समाचार अपरिपक्व र अनुमानमा आधारित भएको जनाए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एनसेलले ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्ने सोचका साथ बजारमा अवसरहरूको खोजी गरिरहेको हुदाँ, यस सम्बन्धमा गहन छलफल र मूल्याङ्कनको प्रक्रियाको माध्यमबाट सम्पन्न गर्ने कुरामा कम्पनी प्रतिबद्ध रहेको जनाएको छ ।

नेपाल सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसँग मेल खानेगरी आवश्यक निर्णय हुने कुरा सुनिश्चित गर्नु एनसेलको लक्ष्य रहेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

एनसेलले आफ्ना सेवाहरु विस्तार गर्दै आम उपभोक्तादेखि व्यापार व्यवसायलाई सशक्त बनाउँदै अन्तत: थप कनेक्टेड र डिजिटल रूपमा समावेशी नेपालको विकासमा योगदान दिन सक्ने कुरामा विश्वस्त रहेको पनि उल्लेख गरेको छ ।

एक जिम्मेवार सेवा प्रदायकको रूपमा, एनसेलले सधैं पारदर्शिता र सबै सरोकारवालाहरूमाझ सही सूचना प्रवाहलाई प्राथमिकता दिदैँ आएको कम्पनीले दाबी गरेको छ । विकसित घटनाक्रम अनुसार आवश्यक समयमा उपयुक्त जानकारीहरु प्रदान गर्दै जाने समेत एनसेलले जनाएको छ ।

एनसेलले गर्ने निर्णयहरू सधैँ नेपाल राज्य, ग्राहकवर्ग र सरोकारवालाहरूसँग सम्बन्धी हुने भएकोले एनसेलसँग सम्बन्धित समाचारहरु प्रकाशन, प्रसारण गर्नु अघि हाम्रो आधिकारिक धारणा बुझिदिन पनि एनसेलले सञ्चार माध्यमहरुलाई अनुरोध गरेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्