Shikhar Insurance
National Life

अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय हो : अध्यक्ष ढकाल

सिंहदरबार संवाददाता
२०८१ आश्विन ४, शुक्रबार १२:११
Hyundai
NCELL
NIMB

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय भएको बताएका छन् । शुक्रबार ललितपुर उद्योग वाािण्ज्य संघको ४५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले इमान्दार हिसावले काम गर्ने हो भने नेपालमा धेरै सम्भावना रहेको उल्लेख गरे । उनले निजी क्षेत्र एक ठाउँमा आएर लगानी गर्नसके छोटो समयमा नै धेरै काम गर्न सकिने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले पर्यटन, जलविद्युतको क्षेत्रमा ठूलो सम्भावना रहेको जानकारी दिए । उनले अहिले रेमिट्यान्सको फ्लो बढेको, फरेन करेन्सीको रिजर्भ बढेको, बैंकमा लिक्वीडिटी प्रशस्त रहेको उल्लेख गरे ।

उनले व्यवसायीहरुको नेतृत्व गर्नेहरुले सकारात्मक माहोल तयार गर्नसके लगानीको वातावरण बन्ने दाबी गरे । अध्यक्ष ढकालले निजी क्षेत्रले व्यवसायिक क्रियाकलाप बढाउनसके, स्वत:फुर्त: काम गर्नसके मात्रै रोजगारी सिर्जना, राजश्व वृद्धि हुने दाबी गरे । तीन तहकै सरकारले निजी क्षेत्रलाई इन्करेज गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्