Shikhar Insurance
National Life

राज्य कमजोर हुँदा रमाउनेहरुबाट समृद्धि सम्भव छैन : उद्योगमन्त्री भण्डारी

सिंहदरबार संवाददाता
२०८१ आश्विन ४, शुक्रबार १२:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रसँग सम्बन्धित समस्या समाधानका लागि सरकार तयार रहेको बताएका छन् । शुक्रबार ललितपुर उद्योग वाािण्ज्य संघको ४५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारको नीतिमा प्रश्न भए छलफल र बहस गरेर समाधान गर्न तयार रहेको बताए । उनले अहिले नेपालमा केही छैन र हुँदैन भन्ने भाष्य सिर्जना गरिरहेको भन्दै राज्यप्रति निराशा बाँड्न नहुने बताए । उनले सरकार मेरो हो भन्ने भाव राखेर काम नगरेसम्म देश नबन्ने दाबी गरे । उनले आर्थिक समृद्धिका लागि सफल हुनुपर्ने भन्दै राज्यलाई कमजोर देख्नेहरुबाट विकास सम्भव नरहेको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सरकारलाई बेठिक देख्ने, राज्य कमजोर हुँदा रमाउने कुराले हाम्रो समृद्धिको यात्रा तय हुन नसक्ने बताए । तीन तहको सरकार बीचको सहकार्यबाट निजी क्षेत्रलाई प्रोत्साहित गर्न सरकारले काम गरिरहेको जानकारी दिए ।

उद्योगमन्त्री भण्डारीले उद्योग क्षेत्रमा रहेका समस्याको समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले उद्योग क्षेत्रसँग सम्बन्धित, वस्तुगत सेवा, छाता संस्थाहरुसँग सम्बन्धित छलफल गरी मन्त्रायल सुधार कार्ययोजना बनाइएको जानकारी दिए ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्