Shikhar Insurance
National Life

एनएमबि सरल बचत फण्ड–इले लाभांश नदिने

सिंहदरबार संवाददाता
२०८१ आश्विन ४, शुक्रबार १०:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि सरल बचत फण्ड–इ ले गत आवको मुनाफाबाट इकाईधनीलाई लाभांश नदिने भएको छ । आज एनएमबि क्यापिटल लिमिटेडले एक सूचना जारी गर्दै गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट यस योजनाले लाभांश वितरण नगर्ने जानकारी दिएको हो ।

२०७८ असोज ६ गते ४ करोड इकाई बाँडफाँट गरी सञ्चालनमा रहेको यस योजनाले हालसम्म लाभांश वितरण गरेको छैन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

खुलामुखी प्रकृतिको यस योजनाको गत असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार प्रतिइकाई खुद सम्पत्ति मूल्य ९ रुपैयाँ ७४ पैसा छ । सो अवधिसम्म योजनाको इकाई २१ करोड ३२ लाख ५७ हजार ८१२.७९ कायम भएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्