Shikhar Insurance
National Life

जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधन : ऊर्जामन्त्री खड्का

सिंहदरबार संवाददाता
२०८१ आश्विन ३, बिहीबार १७:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संविधान अनुकूल कानुन निर्माणमा सरकार जुटिरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको आठौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित ‘संविधानका नवौँ वर्ष’ विषयक अन्तरक्रियामा सरकारले उनले आवश्यक कानुन निर्माणलाई प्राथमिकता दिएको उल्लेख गरेका हुन् ।

ऊर्जामन्त्री खड्काले संविधान स्थायी दस्तावेज नभएकाले जनताको अपेक्षा र देशको आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिने उल्लेख गरे । संविधानको रक्षाका लागि सबै दल मिल्नुपर्ने उनको भनाइ थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री खड्काले जनतामा देखिएका निराशालाई चिर्दै देशको आर्थिक विकासका लागि सरकारले काम गरिरहेको उल्लेख गरे । उनले विभिन्न दलका नेता र सरकारका बारेमा प्रश्न उठे पनि सङ्घीयताको नाममा भने प्रश्न नउठेको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्