Shikhar Insurance
National Life

फुडमाण्डुले ल्यायो ‘बडा धमाका’ क्याम्पेन, ग्राहकहरुलाई ६० भन्दा बढी रेस्टुरेन्टमा ५० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८१ आश्विन ३, बिहीबार १८:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डुले दशैँको अवसरमा ‘बडा धमाका’ नामक क्याम्पेन ल्याएको छ ।कम्पनीले असोज ३ गते (आज) देखि असोज २३ गतेसम्म सञ्चालन हुने गरी सो क्याम्पेन ल्याएको हो ।

बडा धमाका क्याम्पेन अन्तर्गत ग्राहकहरुले काठमाडौं, पोखरा र चितवनका ६० भन्दा बढी रेस्टुरेन्टहरूको सबै आइटममा ५० प्रतिशतसम्मको छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसबारे बोल्दै फुडमान्डुकी ब्रान्ड एंड मार्केटिङ मेनेजर, इनेशा भट्टराईले भनिन्, ‘हाम्रा ग्राहकहरूका लागि यो चाडपर्व अझ बढी रमाइलो बनाउने हाम्रो लक्ष्य रहेको छ । यसको लागि हामीले फुडमाण्डुमा स्वादिष्ट परिकारहरुका साथसाथै आकर्षक छुटको उपलब्ध गराउने लक्ष्य राखेका छौं । यो बडा धमाका क्याम्पेनले हाम्रा ग्राहकहरुकोे यस चाडपर्वको मौसममा थप सहजता र स्वादिष्टता ल्याउनेछ र प्रियजनहरूसँग अविस्मरणीय पलहरू सिर्जना गर्न मद्दत पुग्नेछ ।’

ग्राहकहरुले अब परिवार र साथीभाईसँग, फुडमाण्डुको एप वा वेबसाइटबाट केही क्लिकमै दशैंको स्वाद आकर्षक मूल्यमा घरमै पाउन सक्ने कम्पनीले जनाएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्